July 22, 2024, Monday
२०८१ श्रावण ८Nepal 1:37:26 pm
Trending
nponlinetv संवाददाता

डढेलो निभाउने क्रममा दुई सैनिकको निधन : दुईको अवस्था गम्भीर

२०८० चैत्र २७, मंगलवार १२:५९

195

डोल्पामा डढेलो निभाउनेक्रममा दुई जना सैनिकको निधन भएको छ । जिल्लाको ठूलोभेरी-४, मस्तभवानी सामुदायिक वनमा लागेको आगो निभाउँदा घाइते भएका सैनिकको निधन भएको हो ।

देवीदत्त गुल्ममा कार्यरत सिपाही २८ वर्षीय हेमन्त रावत र २३ वर्षीय आसिफ बुढाको उपचारको क्रममा त निधन भएको हो ।

रावतको डोल्पा अस्पताल र आसिफको काठमाडौंस्थित कीर्तिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको नेपाली सेनाले जनाएको छ । यो डढेलो निभाउनेक्रममा घाइते भएका अन्य दुई जना सैनिकको अवस्था गम्भीर रहेको छ ।

symbolic photo