July 25, 2024, Thursday
२०८१ श्रावण १०Nepal 1:37:26 pm
Trending
nponlinetv संवाददाता

ट्रक दुर्घटनामा बाबु छोराको मृत्य, सात जना घाइते

२०८१ बैशाख २, आईतवार २०:०१

200

धादिङको नीलकण्ठ नगरपालिका– ५ खाल्टेमा आइचर ट्रक दुर्घटना हुदा बाबु छोराको ज्यान गएको छ ।

नीलकण्ठ नगरपालिका– ५ खाल्टेमा बा ३ ख ८९४७ नम्बरको मल बोकेको ट्रक दाउने खोलामा दुर्घटना हुदा पतेनीका १० वर्षिय बालक सन्तोष रम्तेल र उनका बुबा ३७ वर्षीय गोपी भनिने राम बहादुर रम्तेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले बताए ।

प्रहरी नायव उपरीक्षक मिश्रका अनुसार दुर्घटनामा एकै परिवारका पाँच जना परेका हुन् । १० वर्षीय सन्तोष रम्तेलको घटनास्थलमै मृत्यु भएको थियो । उनका बुबा राम बहादुर रम्तेलको धादिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मृतक रामबहादुर रम्तेलका श्रीमती ३५ वर्षीय हिरा रम्तेल, उनका दुइ छोराहरु १३ वर्षीय कृष्ण रम्तेल र ११ वर्षीय सुजन रम्तेल घाइते भएका छन् ।

दुर्घटनामा चार जना बालबालिकासहित सात जना घाइते भएका छन् । घाइते हुनेहरुमा पतेनीका ३५ वर्षीय हिरा रम्तेल, ११ वर्षीय बालक बिमल नगरकोटी, ४० वर्षीय बिष्णु रम्तेल, ११ वर्षीय सुजन रम्तेल, १४ वर्षीय सुजित मजकोटी, २१ वर्षीय प्रितम रम्तेल र १३ वर्षीय कृष्ण रम्तेल रहेका छन् ।

दुर्घटनामा परि घाइते भएकाहरुको धादिङ अस्पतालमा उपचारपछि थप उपचारका लागि सातै जनालाई हेलिकप्टरद्धारा काठमाडौं लगिएको छ । घाइतेहरुको अवस्था गम्भीर रहेकोले नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं लगिएको उनले जानकारी दिए ।

खाल्टेको पतेनी भन्ने ठाउँबाट गाईवस्तुको मल लोड गरेर बारीमा लैजादै गरेको ट्रक दुर्घटनामा परेको हो । प्रारम्भिक अध्ययन अनुसार ट्रक आफै अनियन्त्रित भइ सडकबाट करिव ८० मिटर तल खसेको मिश्रले बताए ।

स्कुल बिदा भएकोले बालबालिकाहरु पनि अभिभावकसंगै खेतबारी जाने क्रममा बालबालिका दुर्घटनामा परेको स्थानीयहरुको भनाई छ । जिल्ला सदरमुकाम धादिङबेशीबाट करिव १३ किलोमिटर दुरिमा रहेको घटनास्थलमा नेपाल प्रहरी, ट्राफिक प्रहरी, स्थानीयसहितको उद्धारटोलीले घटनास्थलबाट घाइतेको उद्दार गरेका थिए ।