June 13, 2024, Thursday
२०८१ जेष्ठ ३१Nepal 1:37:26 pm
Trending
nponlinetv संवाददाता

जातीय विभेदको आरोपमा पूर्वगाउँपालिका उपाध्यक्ष पक्राउ

२०८१ बैशाख २, आईतवार २०:०५

35

जातीय आधारमा विभेद र अपमान गरेको आरोपमा झापाको हल्दीबारी गाउँपालिकाका पूर्वउपाध्यक्ष डम्बर गिरी पक्राउ परेका छन् ।

जिल्ला समन्वय समिति झापाका पूर्वप्रमुख सोमनाथ पोर्तेलले गिरीविरुद्ध इलाका प्रहरी कार्यालय बिर्तामोडमा गएको चैत २८ गते जातीय आधारमा विभेद र अपमान गरेको भन्दै जाहेरी दिएका थिए ।

सोही जाहेरीका आधारमा पूर्वउपाध्यक्ष गिरीलाई शनिवार साँझ बिर्तामोडबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले बताए ।