July 22, 2024, Monday
२०८१ श्रावण ७Nepal 1:37:26 pm
Trending
nponlinetv संवाददाता

सांसद इन्दिरा गिरीलाई पदमुक्त नगर्न सर्वोच्चको आदेश

२०८१ बैशाख २, आईतवार २१:२०

185

सर्वोच्च अदालतले सुदूरपश्चिम प्रदेश सांसद इन्दिरा गिरीलाई पदमुक्त गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले रिटको अन्तिम टुंगो नलागेसम्म गिरीलाई प्रदेश सांसदको हैसियतले काम गर्न रोक नलगाउन अन्तरिम आदेश गरेको हो ।

नागरिक उन्मुक्ति पार्टीबाट समानुपातिक सांसद बनेकी गिरीलाई पार्टीले फिर्ता बोलाउने निर्णय गरेअनुसार सुदूरपश्चिम प्रदेशका सभामुखले गत चैत २६ गते प्रदेश सदस्य पदबाट हटाएको सूचना जारी गरेका थिए ।