July 22, 2024, Monday
२०८१ श्रावण ७Nepal 1:37:26 pm
Trending
nponlinetv संवाददाता

हङकङलाई ८ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा

२०८१ बैशाख ३, सोमबार १६:०७

215

एसीसी प्रिमियर कपमा नेपालले हङकङलाई आठ विकेटले हराएर एक खेल अगावै सेमिफाइनलमा पुगेको छ । ओमानको अल अमरेत मैदानमा वर्षाले प्रभावित भएपछि खेल १८ ओभरको बनाइएको थियो।

नेपालले टस जितेर पहिले बलिङ गर्ने भएपछि ब्याटिङमा आएको हङकङले १७ ओभर पाँच बलमा सबै विकेट गुमाएर एक सय १४ रन बनाएको थियो। करण केसीले तेस्रो ओभरको पहिलो बलमा मार्टिन कात्जेलाई व्यक्तिगत ८ रनमा आउट गरे । छैटौं ओभरमा कप्तान निजाकत खान १२ रन बनाएर आउट भए ।

पावर प्ले सकिँदा हङकङले दुई विकेट क्षतिमा ३८ रन बनाएको थियो । ३४ रन बनाएर अंश रथलाई गुल्सन झाले रन आउट गराए । बाबर हयात ६ रनमै कट एन्ड बोल्ड भए। अजिज खानलाई ललिज राजवंशीले एलबिडब्ल्यू धरापमा पारे। ११ ओभर दुई बलमा पाँचौ विकेट गुमाउँदा हङकङले ७६ रन मात्र बनाएको थियो। यासिम मुर्तजा दुई रनमै बोल्ड भए। नसरुल्ला राणा ६ रन र जिसन अलि १४ रनमा क्याचआउट भए। नेपालको लागि अभिनाष बोहराले तीन विकेट लिए। ललित र दिपेन्द्रले दुई-दुई विकेट लिँदा करण केसीले एक विकेट आफ्नो नाम गरे।

जवाफमा नेपालले १२ ओभर दुई बलमा दुई विकेट मात्र गुमाएर लक्ष्य पुरा गर्‍यो। ओपनर कुशल भुर्तेल र आशिफ शेखले ७० रनको साझेदारी गरे। ३२ रन बनाएको अवस्थामा कुशललाई यासिमले एलबिडब्ल्यू आउट गरे। त्यसैगरी, आसिफ शेख ४० रन बनाएर कट एन्ड बोल्ड भए। सातौं ओभरमा दुई विकेट गुमाउँदा नेपाल ७६ रन बनाएको सहज अवस्थामा पुगिसकेको थियो। त्यसपछि कप्तान रोहित पौडेलले अविजित २५ रन बनाउादा सन्दीप जोराले पनि १९ रन जोडेका थिए।

हङकङका एहसान खान र यासिम मुर्तजाले एकएक विकेट लिए। यो जितसागै नेपालले तीन खेलबाट ६ अंक बनाएको छ। खेलमा हङकङले दोस्रो खेलमा हार ब्यहोरेपछि उसको सेमिफाइनलको झिनो स्म्भावना मात्र बाँकी छ। नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेट र दोस्रो खेलमा कतारलाई ३२ रनले पराजित गरेको थियो । हङकङले पहिलो खेलमा कतारलाई २६ रनले पराजित गरे पनि हिजो सम्पन्न खेलमा साउदी अरबसँग ५५ रनको हार बेहोरेको थियो ।