July 22, 2024, Monday
२०८१ श्रावण ७Nepal 1:37:26 pm
Trending
nponlinetv संवाददाता

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो

२०८१ बैशाख ३, सोमबार २१:३९

110

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। मंगलबार बिहान १ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँको दरले मूल्य बढाएको हो।

भारतबाट मूल्य बढेर आएको भन्दै निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाउने निर्णय गरेको हो।

निगमका अनुसार भारतबाट पेट्रोल प्रतिलिटर २.९६ र डिजेल प्रतिलिटर ३.४६ रुपैयाँले बढेर आएको छ।