July 25, 2024, Thursday
२०८१ श्रावण १०Nepal 1:37:26 pm
Trending
nponlinetv संवाददाता

आज रामनवमी, भगवान रामको पूजा-आराधना गरी मनाइँदै

२०८१ बैशाख ५, बुधबार ०८:२३

115

आज चैत शुक्ल नवमी अर्थात रामनवमी । मर्यादापुरुष भगवान रामको श्रद्धा तथा भक्तिपूर्वक पूजा आराधना गरी रामनवमी पर्व मनाइँदै छ ।

हिन्दु धर्मावलम्बीहरुले मर्यादा पुरुषोत्तम रामको जन्म भएको दिन तथा असत्यमाथि सत्यको विजय भएको विश्वासमा रामनवमी पर्व मनाउने गर्छन् । रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामका मन्दिरमा पूजापाठ गरिन्छ । त्रेतायुगमा आजकै दिन अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीको सुपुत्रका रुपमा विष्णुको सातौं अवतार लिएर भगवान् श्रीरामको जन्म भएको पौराणिक मान्यता छ ।

जनकपुरस्थित रामजानकी मन्दिरमा मेला भर्न नेपाल तथा भारतदेखि भक्तजनको घुइँचो लाग्छ । आजको दिन देशभरका विभिन्न पवित्र नदी, ताल तथा कुण्डमा स्नानका साथ ब्रत बसी रामगीता पाठ गर्नाले मृत्युपछि बैकुण्ठबास हुने मान्यता रहिआएको छ ।