July 23, 2024, Tuesday
२०८१ श्रावण ८Nepal 1:37:26 pm
Trending
nponlinetv संवाददाता

आईपीएल : राजस्थान रोयल्सको छैटौँ जित

२०८१ बैशाख ५, बुधबार ०८:२६

205

इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सले छैटौँ जित दर्ता गरेको छ । गएराति सम्पन्न खेलमा लिग लिडर राजस्थानले दोस्रो स्थानको कोलकाता नाइट राइडर्सलाई २ विकेटले पराजित गरेको हो । राजस्थानको जितमा जोस बटलरले उत्कृष्ट शतकीय इनिङ खेले ।

 

कोलकाताको इडेन गार्डेन रंगशालमा राजस्थानले टस जितर फिल्डिङ रोजेपछि घरेलु टोलीले सुरुवाती ब्याटिङ गर्दै निर्धारित ओभरमा ६ विकेट गुमाएर २ सय २३ बनाएको थियो । उसका सुनिल नरिनले ५६ बलमा १ सय ९ रनको शतकीय इनिङ्स खेले । आंगृष रघुवंशीले ३० र रिन्कु सिंहले २० रन बनाए । राजस्थानका आवेश खान र कुलदीप सेनले २-२ विकेट लिए ।

जवाफमा २ सय २४ रनको विशाल लक्ष्य राजस्थानले अन्तिम बलमा ८ विकेट गुमाएर पूरा गर्‍यो । ओपनर जोस बटलरले ६० बलमा १०७ रनको अविजित इनिङ खेले । यस सिजन यो उनको दोस्रो शतक हो । रियान परागले ३४ र रोभमन पावेलले २६ रन बनाए । अन्तिम ओभरमा कोलकाताका वरुण चक्रवर्तीले ९ रन रक्षा गर्न सकेनन् । कोलकाताका हर्षित राना, सुनिल नरिन र वरुणले २-२ विकेट लिए ।

 

योसँगै ७ मध्ये ६ खेल जितेर १२ अंक जोडेको राजस्थान शीर्ष स्थानमा यथावत छ । कोलकाता ६ खेलमा ८ अंकसहित दोस्रो स्थानमा छ । आईपीएलमा आज गुजरात टाइटन्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुने छ ।