July 22, 2024, Monday
२०८१ श्रावण ७Nepal 1:37:26 pm
Trending
nponlinetv संवाददाता

नेपालले आज साउदी अरेबियासँग खेल्दै

२०८१ बैशाख ५, बुधबार ०८:३१

225

एसीसी प्रिमियर कप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले आज साउदी अरेबियाको सामना गर्दै छ । एक खेल अगावै सेमिफाइनलमा स्थान बनाइसकेको नेपाल शतप्रतिशत नतिजासहित समूह विजेताको रूपमा अन्तिम चारमा प्रवेश गर्ने योजनामा हुनेछ ।

प्रतियोगितको पहिलो खेलमा नेपालले मलेसियालाई ५ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा कतारलाई ३२ रन तथा तेस्रो खेलमा हङकङलाई ८ विकेटले हराएको थियो । प्रतियोगिताको प्रवल दावेदार नेपालविरुद्ध साउदी अरबियाले पहिलो पटक टी-२० आई खेल्न लागेको हो । ३ मध्ये १ खेल जितेको मध्य पूर्वी टोलीको अहिल्लो चरणको सम्भावना भने समाप्त भएको छैन ।

आज नेपाललाई फराकिलो अन्तरलले पराजित गरे ४ अंक सहित साउदीको अन्तिम चारमा जाने गणितीय सम्भावना जिवितै रहन्छ । तर यस समूहमा कतार हङकङ र मलेसिया समेतले ४ अंक ल्याउने सम्भावना छ। त्यस कारण समूह उवविजेताका रुपमा अघि बढ्ने टोलीको टुङ्गो हङकङ र मलेसियाबीचको खेलको नतिजा पछि मात्र लाग्ने छ । यस ममूहका खेलहरु पौने १२ बजे सुरु हुने छन् । समूह बीमा आज कम्बोडिया र युएई तथा ओमान र कुवेतले प्रतिस्पर्धा गर्ने छन् ।