June 8, 2024, Saturday
२०८१ जेष्ठ २७Nepal 1:37:26 pm
Trending
nponlinetv संवाददाता

आज विवाह बन्धनमा बाँधिँदै गायिका एलिना

२०८१ बैशाख ५, बुधबार ०८:४२

5

गायिका एलिना चौहानले आज प्रेमी विष्णु सापकोटासँग विवाह बन्धनमा बाँधिँदै छिन् । बागलुङ निवासी सापकोटासँग उनले परम्परागत विवाह गर्न लागेकी हुन् ।

विवाह समारोह एलिनाको गृह जिल्ला झापाको बिर्तामोडस्थित बिर्ता पार्टी प्यालेसमा आयोजना गरिएको छ। मंगलबार उनको मेहन्दी समारोह आयोजना भएको छ । विष्णु एलिनालाई लिन बागलुङबाट जन्तीसहित मंगलबार नै झापा पुगेका छन् । सापकोटा दुलहाकै पहिरनमा सजिएर जन्तीसहित झापा पुगेका हुन् ।

एलिना र विष्णुले केही वर्षको प्रेम विवाहमा परिणत गर्न लागेका हुन् । विष्णु केही समयदेखि अस्ट्रेलिया बस्दै आएका छन् ।