July 24, 2024, Wednesday
२०८१ श्रावण १०Nepal 1:37:26 pm
Trending
nponlinetv संवाददाता

जन्ती बोकेको बस दुर्घटना, ३ जनाको मृत्यु

२०८१ बैशाख ७, शुक्रबार २२:२२

175

लखाको भीमेश्वर नगरपालिका- १ सुस्पाबाट जन्ती लिएर सिन्धुपाल्चोक त्रिपुरासुन्दरी-४ पिस्कर जाँदै गरेको बा ४ ख ५६१६ नम्बरको जन्ती बस सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी-५ तौथली नजिकै दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भीमेश्वर नगरपालिका-१ का मानबहादु थामी र शिव श्रेष्ठ रहेका छन् । अर्का एक जनाको पहिचान खुल्न बाँकी रहेको घटनास्थलबाट भीमेश्वर नगरपालिकाका मेयर ईश्वर नारायण मानन्धरले जानकारी दिए । जन्ती लिएर शुक्रबार बिहान बसमा ५० जना चढेका थिए ।

बिहीबारको पानीले सडक बिगारेका कारण बस अनियन्त्रित भएर सडकबाट एक सय मिटर तल खसेको उनले बताए । घाइतेहरूलाई धुलिखेल अस्पताल र खाडीचौरको सदाबहार अस्पताल लगिएको छ । केहीको तौथलीको वडा कार्यालयमा प्राथमिक उपचार भैरहेको मानन्धरले बताए ।