July 26, 2024, Friday
२०८१ श्रावण ११Nepal 1:37:26 pm
Trending
nponlinetv संवाददाता

८५० ग्राम सुनसहित एक महिला पक्राउ

२०८१ बैशाख ७, शुक्रबार २२:३३

210

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ८५० ग्राम सुनसहित एक महिला पक्राउ परेकी छन् ।

भारतीय महिला सहिना प्रभिनको साथबाट प्लास्टिकले कभर गरेको अवस्थामा सुन बरामद गरिएको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी कृष्णहरि शर्माले बताए ।

अन्डरवेयरभित्र लुकाएर ल्याएको अवस्थामा आगमन टनेल गेटबाट उनी सुन सहित पक्राउ परेकी हुन् ।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ