June 7, 2024, Friday
२०८१ जेष्ठ २५Nepal 1:37:26 pm
Trending
nponlinetv संवाददाता

चेन्नई सुपर किंग्सलाई ८ विकेटले हराउँदै लखनउ सुपर जायन्ट्स विजयी

२०८१ बैशाख ८, शनिबार ०९:०८

5

इन्डियन प्रिमियर लिग (आईपीएल)मा गए राति सम्पन्न खेलमा चेन्नई सुपर किंग्सलाई ८ विकेटले हराउँदै लखनउ सुपर जायन्ट्स विजयी भएको छ । हिजोको जितसँगै लखनउले ७ खेलबाट ४ जित निकाल्दै ८ अंक बनाएको छ । चेन्नईले दिएको १७६ रनको लक्ष्य १९ ओभरमा लखनउले २ विकेट गुमाएर पूरा गरेको थियो । लखनउका लागी कप्तान केएल राहुल र क्विन्टन डि ककले अर्धशतक बनाए । राहुलले सर्वाधिक ८२ रन बनाए। ५३ बल खेलेका उनले ९ चौका र ३ छक्का प्रहार गरे।

डि ककले ४३ बलमा ५ चौका र १ छक्कासहित ५४ रन बनाए। यस्तै निकोलस पूरनले २३ र मार्कस स्टोइनिसले ८ रन बनाए । चेन्नईका लागि मुस्ताफिजुर रहमान र मथिहा पाथिरानाले समान १-१ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७६ रन बनाएको थियो।चेन्नईका लागि रविन्द्र जडेजा ५७, अजिंक्य रहाणे ३६, मोइन अली ३० र महेन्द्र सिंह धोनीले २८ रन बनाए । लखनउका क्रुणाल पाण्ड्याले २ विकेट लिए। मोहसिन खान, यश ठाकुर, रवि विश्वोई र मार्कस स्टोइनिसले समान १-१ विकेट लिए ।