July 26, 2024, Friday
२०८१ श्रावण ११Nepal 1:37:26 pm
Trending
nponlinetv संवाददाता

सत्रकिलोमा दुर्घटना हुँदा : एकको मृत्यु ,चार घाइते

२०८१ बैशाख ८, शनिबार ०९:२५

155

नारायणगढ–मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा शुक्रवार ट्रकको ठक्करबाट घाइते भएका कारमा सवार चार जनामध्ये एक जनाको उपचारको क्रममा मृत्यु भएको छ ।

कारमा सवार रुपन्देही बुटवल उपमहानगरपालिका–२ बस्ने ६८ वर्षीय सुवर्ण मल्लको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

कारमा सवार रुपन्देही बुटवल उपमहानगरपालिका–२ बस्ने ६८ वर्षीय सुवर्ण मल्लको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

शुक्रवार बिहान भरतपुरबाट मुग्लिङतर्फ जादै गरेको बि एबी ५३२० नम्बरको कार र बिपरित दिशाबाट आउदै गरेको बा प्र०३–००१ ख २०६३ नम्बरको ट्रक एक आपसमा ठक्कर खादा कारमा सवार चार जना यात्रु घाइते भएका थिए ।

कार चालक भरतपुर–१९ बस्ने बर्ष ३८ को शैलेन्द्र सुवेदी, कारमा सवार बुटवल–२ बस्ने बर्ष ४६ को सुमन मल्ल र सोहि ठाउँका ७४ वर्षीय केशव मल्लको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । उनीहरुको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

ट्रक चालक धादिङ धुनेबेशी नगरपालिका–७ बस्ने बर्ष ४२ को राजु भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।