July 26, 2024, Friday
२०८१ श्रावण ११Nepal 1:37:26 pm
Trending
nponlinetv संवाददाता

अर्घाखाँचीमा वनको डढेलो : २० घरगोठ जले

२०८१ बैशाख ८, शनिबार २०:१६

210

भूमिकास्थान नगरपालिकाको धारापानीको रातामाटा, बाँझाखर्क, जामुनडाँडा र फलामखिल्जीको गाउँमा आगलागी हुँदा २० वटा घरगोठ जलेका छन् ।

भूमिकास्थान नगरपालिकाको वडा ३ र ४ मा अत्याधिक हावाहुरीका कारण जंगलमा लागेको आगो बस्तीमा फैलिँदा २० ओटा घरगोठ जलेको स्थानीय हरिप्रसाद भुसालले जानकारी दिनुभयो ।

आगलागी अहिले पनि जारी रहेकाले निभाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक दिपेन्द्र रावलले जनाउनु भएको छ ।