July 22, 2024, Monday
२०८१ श्रावण ८Nepal 1:37:26 pm
Trending
nponlinetv संवाददाता

नक्कली लाइसन्स, ठगी गर्ने पक्राउ

२०८१ बैशाख १०, सोमबार १८:३२

215

ललितपुरको एकान्तकुनामा रहेको यातायात व्यवस्था कार्यालयको कर्मचारी भएको दाबीसहित चालक अनुमतिपत्र बनाइ दिने भन्दै ठगी गर्ने एक युवा पक्राउ परेका छन् ।

महानरपालिका-२, का ३५ वर्षीय राजु परियारले आफू यातायातको कर्मचारी भन्दै विभिन्न व्यक्तिसित रकम ठग्दै आएको ललितपुर प्रहरी परिसरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले बताए ।

एसपी सुवेदीका अनुसार परियारले ठगी गरेका पाँच जनाले सामूहिक निवेदन दिएपछि उनलाई पक्राउ गरिएको छ ।

अदालतबाट म्याद लिएर उनीसित थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।