July 22, 2024, Monday
२०८१ श्रावण ७Nepal 1:37:26 pm
Trending
nponlinetv संवाददाता

सूर्यविनायकको जंगलमा चार दिनअघिदेखि लागेको डढेलो नियन्त्रणमा

२०८१ बैशाख १९, बुधबार ११:४६

200

सूर्यविनायकको जंगलमा चार दिनअघिदेखि लागेको डढेलो आज नियन्त्रणमा आएको छ । सूर्यविनायक नगपालिका वडा-७ स्थित पाईलट बाबा आश्रमको दक्षिण फेदको जंगलमा शुक्रबार साँझबाट सुरु भएको आगलागी नियन्त्रणमा आएको हो ।

डढेलो सूर्यविनायक-८ को सिपाडोल, ध्याम्पेडाँडामुनि जङ्गल र बल्थलीसम्मै फैलिएको थियो । आगो नियन्त्रणमा नेपाल प्रहरी, जुद्व बारुण यन्त्र भक्तपुर, नेपाली सेना ईन्द्रबक्स गण, सशस्त्र प्रहरी, नगर प्रहरीका साथै स्थानीय बासिन्दासमेत खटेका थिए । डढेलोबाट वनमा क्षति पुगे पनि स्थानीयको घर र धनसम्पत्तीमा भने क्षति नभएको सूर्यविनायक नगरपालिका-७ का वडाध्यक्ष रवीन्द्र सापकोटाले जानकारी दिनुभयो ।