July 24, 2024, Wednesday
२०८१ श्रावण ९Nepal 1:37:26 pm
Trending
nponlinetv संवाददाता

यूएईमा फेरि भीषण वर्षा

२०८१ बैशाख २०, बिहीबार ११:४७

255

युनाइटेड अरब इमिरेट्रसमा विहीबार बिहानैदेखि अचाक्ली वर्षा भएको छ । अबुधावी र दुवई क्षेत्र वर्षाबाट बढी प्रभावित भएको जनाइएको छ ।

दुवईका बासिन्दा बिहान उठ्दा हुरी, आकाशमा गडगडाहट र चट्यांङ्गको अवस्था रहेको थियो । मौसम प्रक्षेपणभन्दा अघि नै बिहान ३ बजे नै यो अवस्था आएको थियो । खाडी मुलुक यूएई र ओमानमा केही हप्ताअघि मात्रै वर्षा र बाढीले ठूलो जनधनको क्षति गराएको थियो ।

ठूलो वर्षा सुरुमा राजधानी अबुधावीबाट सुदूर पश्चिममा रहेका अल धाफ्रा र अल शिला क्षेत्रमा महसुस गरिएको थियो ।

विमानस्थल क्षेत्रमा पनि भीषण वर्षा भएको जनाइएको छ । अत्यावश्यकबाहेक ड्राइभिङ्ग नगर्न र अत्यावश्यक परेमा होसियारी अपनाउन सरकारी निकायले सर्वसाधारणलाई अलर्ट जारी गरेको गल्फ न्युजले जनाएको छ ।