June 5, 2024, Wednesday
२०८१ जेष्ठ २४Nepal 1:37:26 pm
Trending
nponlinetv संवाददाता

टी-ट्वेन्टी शृङ्खला : नेपाल र वेष्ट इण्डिज ‘ए’ बीचको अन्तिम खेल आज

२०८१ बैशाख २२, शनिबार ०९:१९

10

नेपाल र वेस्ट इण्डिज ‘ए’ बीचको ट्वेन्टी-२० शृङ्खलाको अन्तिम खेल आज (२२ वैशाख) मध्याह्न कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुँदैछ ।

पाँच खेलको शृङ्खलामा एक खेल बाँकी हुँदा नै वेस्ट इण्डिजले शृङ्खलालाई आफ्नो पक्षमा पारिसकेको छ । नेपालसँगको चौथो खेलमा २८ रनको जित निकाल्दा वेस्ट इन्डिज ‘ए’ले शृङ्खला आफ्नो पक्षमा पारेको हो ।

चार खेल सकिँदा वेस्ट इण्डिजले तीन र नेपालले एक खेल जितेको छ । शृङ्खलाको पहिलो खेलमा नेपाल चार विकेटले विजयी हुँदा दोस्रो खेलमा १० रन र तेस्रो खेलमा ७६ रनले पराजित भएको थियो

गत बिहीबारको खेलमा वेस्ट इन्डिजले प्रस्तुत गरेको २१० रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभर खेले पनि १८१ रनमात्र बनाउन सकेको थियो । यो जितसँगै वेस्ट इन्डिजले ३-१ को अग्रतासहित शृङ्खला सुनिश्चित गरेको हो ।