July 22, 2024, Monday
२०८१ श्रावण ७Nepal 1:37:26 pm
Trending
nponlinetv संवाददाता

सय रुपैयाँ नोटमा चुच्चे नक्सा राख्ने

२०८१ बैशाख २२, शनिबार ०९:३२

340

चार वर्षअघि सार्वजनिक भएको चुच्चे नक्सा अब सरकारले नोटमा राख्ने भएको छ। अहिलेसम्म सय रुपैयाँ नोटको अग्र भागमा नेपालको पुरानै नक्सा रहँदै आएको छ। त्यसमा अतिक्रमित भूभाग लिपुलेक, लिम्पियाधुरा तथा कालापानी क्षेत्र समेटेर बनाइएको नक्सा फेरिएको थिएन।

यो समाचार नागरिक दैनिकमा छ, नेपालको चुच्चे नक्सा २०७७ सालमा संसद्बाट पारित भएको थियो। त्यसको चार वर्षपछि सरकारले सय रुपैयाँको नोटमा राखिएको पुरानो नक्सा विस्थापित गरी नयाँ चुच्चे नक्सा राख्ने निर्णय गरेको हो। बिहीबारको मन्त्रिपरिषद् बैठकले सयको नोट डिजाइन परिवर्तन गर्न स्वीकृति दिएको हो।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सय रूपैयाँको नोटको पृष्ठभूमिको अग्र भागमा रहेको नेपालको पुरानो नक्साका ठाउँमा आगामी दिनमा चुच्चे नक्सा राख्ने निर्णय गरिएको जानकारी गराइन्। अहिले चलनचल्तीमा रहेका नोटहरूमध्ये सय रुपैयाँको नोटमा मात्र नेपालको नक्सा राखिएको छ। तर चुच्चे नक्सा जारी भएको चार वर्षसम्म सयको नोटमा पुरानै नक्सा प्रयोगमा छ।

भूमि व्यवस्था मन्त्रालयका प्रवक्ता गणेश भट्टले पहिलो पटक नेपाली नोटमा चुच्चे नक्सा राख्न लागिएको बताए। मन्त्रालय स्रोतका अनुसार मन्त्रिपरिषद्ले डिजाइन परिवर्तन गर्न स्वीकृति दिएपछि नेपाल राष्ट्र बैंकले नयाँ डिजाइनको नोट छाप्नेछ। बंैकले अहिलेसम्म पुरानै नक्सा राखेर सय रूपैयाँको नोट छाप्दै आएको छ। सरकारले २०७७ जेठ ७ गते कालापानी, लिपुलेक तथा लिम्पियाधुरासहितको भूभाग समेटेर नयाँ नक्सा ९चुच्चे नक्सा० सार्वजनिक गरेको थियो। त्यतिबेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री थिए।