July 22, 2024, Monday
२०८१ श्रावण ७Nepal 1:37:26 pm
Trending
nponlinetv संवाददाता

आइतबार नेपाल आउँदै जापानी विदेशमन्त्री

२०८१ बैशाख २२, शनिबार ०९:४०

100

जापानका विदेशमन्त्री कामिकावा योको यही वैशाख २३ गते नेपालको औपचारिक भ्रमणमा आउँदै हुनुहुन्छ । उहाँ उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा नेपाल भ्रमणमा आउन लाग्नुभएको हो ।

भ्रमणका क्रममा विदेशमन्त्री कामिकावाले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री प्रचण्डसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

विदेशमन्त्री कामिकावाले सोही दिन उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री श्रेष्ठसँग भेटघाट र द्विपक्षीय वार्ता गर्नुहुनेछ । जापानी विदेशमन्त्री सोही दिन काठमाडौंबाट प्रस्थान गर्नुहुनेछ ।