July 22, 2024, Monday
२०८१ श्रावण ७Nepal 1:37:26 pm
Trending
nponlinetv संवाददाता

टहरोमा आगलागी हुँदा पाँच जना घाइते

२०८१ बैशाख २३, आईतवार १३:३२

330

ललितपुर महानगरपालिका-१७ मा रहेको एक टहरोमा आगलागी हुँदा पाँच जना घाइते भएका छन् । घाइते हुनेमा सन्जय गिरी, रुपा गिरीसँगै उनीका १५ वर्षीय छोरा नित, ८ वर्षीया छोरी प्रिया र ३ वर्षीया छोरी एलिसा छन् ।

उनीहरुलाई उपचारका लागि किस्ट अस्पताल लगिएको ललितपुर प्रहरी परिसरका प्रवक्ता एसपी नरेशराज सुवेदीले बताए । उनका अनुसार आगो निभाउने प्रयास भइरहेको छ भने अझै आगो नियन्त्रणमा आइसकेको छैन ।

मोविल स्टोरमा आगो लागेका कारण नियन्त्रणमा लिन ढिलाइ भएको हो ।