July 22, 2024, Monday
२०८१ श्रावण ७Nepal 1:37:26 pm
Trending
nponlinetv संवाददाता

सुनको मूल्य तोलामा दुई सयले बढ्यो

२०८१ बैशाख २४, सोमबार १४:१३

120

स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु. दुई सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा रु. दुई सयले वृद्धि भई रु एक लाख ३५ हजार ६ सय पुगेको छ । आइतबार छापवाला सुन तोलामा रु एक लाख ३५ हजार चार सयमा कारोबार भएको थियो ।

महासङ्घका अनुसार तेजावी सुन तोलामा रु एक लाख ३४ हजार नौ सय ५० निर्धारण भएको छ । आइतबार तेजाबी सुन तोलामा रु एक लाख ३४ हजार सात सय ५० मा कारोबार भएको थियो ।

चाँदी मूल्य तोलामा रु एक हजार छ सय ६० निर्धारण भएको छ । आइतबार चाँदी तोलामा रु एक लाख छ सय ४० मा कारोबार भएको थियो ।