July 22, 2024, Monday
२०८१ श्रावण ७Nepal 1:37:26 pm
Trending
nponlinetv संवाददाता

मोरङमा बस पल्टिँदा १८ जना घाइते

२०८१ बैशाख २५, मंगलवार १८:४०

190

मोरङको बुढीगंगामा मंगलबार बस पल्टिएर दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । सिराहादेखि विराटनगरतर्फ आइरहेको बस बुढीगंगा–३ बाँसबारी चोकमा पल्टिएर दुर्घटना भएको हो ।

जिल्ला ट्राफिक कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक सुमन न्यौपानेले दुर्घटनामा परी १८ जना घाइते भएको जानकारी दिए ।
सिराहाबाट यात्रु लिएर विराटनगर आउँदै गरेको बसको अगाडि अचानक मोटरसाइकल आएपछि बचाउन खोज्दा दुर्घटना भएको उनले बताए ।
घाइतेहरुको बुढीगंगास्थित विराट शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । घाइतेहरुको शरीरका विभिन्न भागमा चोट लागे पनि खतरामुक्त रहेको जनाइएको छ ।