June 6, 2024, Thursday
२०८१ जेष्ठ २५Nepal 1:37:26 pm
Trending
nponlinetv संवाददाता

कोशी प्रदेश सरकारको मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त

२०८१ बैशाख २७, बिहीबार १६:४५

55

कोशी प्रदेश सरकारको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएका छन् । कार्की नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री पदमा नियुक्त भएका हुन् ।

झापा निर्वाचन क्षेत्र ५ (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचिन भएका कार्की नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का ५२ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । हस्ताक्षरको समयमा जनता समाजवादी पार्टीका निर्मला लिम्बुको पनि उपस्थिति थियो ।

नवनियुक्त मुख्यमन्त्री कार्कीले आजै (२७ वैशाख) शपथ लिने प्रदेशप्रमुखको कार्यालयले जनाएको छ ।

photo: rss