July 22, 2024, Monday
२०८१ श्रावण ७Nepal 1:37:26 pm
Trending
nponlinetv संवाददाता

आज अक्षय तृतीया मनाइँदै

२०८१ बैशाख २८, शुक्रबार ०८:४४

225

आज वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया । वसन्त ऋतुको उष्णतामा शरीरलाई स्वस्थ राख्नको लागि प्राचीन कालदेखि खाने गरिएको जौको सातु र सर्वत पानी दान गरी यो पर्व मनाइँदैछ । यो शरीरको स्वास्थ्यको लागि उपयोगी रहेकोले आफू सर्वत र जौको सातु खाने पर्वकोरुपमा हरेक वर्ष यो पर्व मनाउने गरिन्छ ।

पञ्चाङ्ग निर्णायक समितिका अनुसार यो पर्व हिन्दु सम्प्रदायका मानिसहरूको लागि अरू पर्वभन्दा विशेष छ । यो दिन प्राचीन कालदेखि नै अनेक किसिमका विशेष कार्यहरू भएका छन् । त्यसैले यसलाई विशेष दिनको रुपमा मान्न थालिएको हो । वैशाख तृतीयाकै दिनदेखि त्रेता युगको सुरुवात भएको हो। यही दिन भगवान परशुराम अवतारको जन्म भयो । यही दिन शिव–पार्वतीको विवाह पनि भएको थियो । यो दिन गरेको स्नान र दानलाई विशेष महत्वका साथ हेर्ने गरिन्छ ।