July 22, 2024, Monday
२०८१ श्रावण ७Nepal 1:37:26 pm
Trending
nponlinetv संवाददाता

लोकसभा सिटका लागि वाराणसीबाट मोदीको उम्मेद्‍वारी दर्ता

२०८१ जेष्ठ १, मंगलवार १४:१३

95

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तर प्रदेशको वाराणसी लोकसभा सिटका लागि आफ्नो उम्मेद्वारी दर्ता गराएका छन् । प्रधानमन्त्री मोदीले वाराणसीबाट तेस्रो पटक आफ्नो उम्मेद्वारी दर्ता गराएका हुन् ।

उनले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र प्रस्तावक गणेश्वर शास्त्री द्रविडको उपस्थितिमा आज उम्मेद्वारी दर्ता गराएका हुन् ।

उम्मेद्वारी दर्ता गर्ने क्रममा भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डा, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ, केन्द्रीय गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंह र एनडीए गठबन्धनका नेताहरु पनि प्रधानमन्त्री मोदीसँगै देखिएका थिए ।

उम्मेद्वारी दर्ता गर्नुअघि प्रधानमन्त्री मोदीले वाराणसीस्थित काल भैरवको दर्शन गरेका थिए । साथै, उनले दाश्वामेध घाटदेखि नमो घाटसम्मको यात्रा समेत गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।