July 22, 2024, Monday
२०८१ श्रावण ७Nepal 1:37:26 pm
Trending
nponlinetv संवाददाता

सुनको मूल्य एकै दिन २३ सयले बढ्यो

२०८१ जेष्ठ १, मंगलवार २१:१४

170

स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला दुई हजार ३०० रुपैयाँले बढेर कारोबार भएको हो ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख ३७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । त्यस्तै तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार एक लाख ३५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँ बढेर कारोबार भएको हो । शुक्रबार चाँदी प्रतितोला एक हजार ७३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार भने चाँदी प्रतितोला एक हजार ६८५ रुपैयाँमा कारोबार भएको थियो ।