July 22, 2024, Monday
२०८१ श्रावण ७Nepal 1:37:26 pm
Trending
nponlinetv संवाददाता

बबई नदीमा डुबेर दाजुभाइको मृत्यु

२०८१ जेष्ठ २, बुधबार ०९:५६

105

पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको मृत्यु भएको छ । दाङस्थित बबई नदीमा पौडी खेल्ने क्रममा बबई गाउँपालिका-७ ओदालेघाटमा डुबेर दाजुभाइको मृत्यु भएको हो ।

भारतबाट फूपूको घरमा आएका १८ वर्षीय दीपक परियार र १६ वर्षीय दिपेश परियारको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी निरीक्षक अजयजङ्ग थापाले जानकारी दिएका छन् ।

दीपकको उपचारका क्रममा प्रादेशिक अस्पताल तुलसीपुरमा र दिपेशको घटनास्थलमै मृत्यु भएको हो । मृतकका परिवार कामको सिलसिलामा भारत बस्ने गरेका थिए ।