July 22, 2024, Monday
२०८१ श्रावण ७Nepal 1:37:26 pm
Trending
nponlinetv संवाददाता

हुरी र मुसलधारे पानीका कारण अमेरिकामा चारको मृत्यु, १० लाख घर विद्युत्‌विहीन

२०८१ जेष्ठ ४, शुक्रबार १३:४५

215

हुरी र मुसलधारे पानीका कारण अमेरिकामा चारजनाको मृत्यु भएको छ । बिहीबार अबेर र शुक्रबार बिहान आएको हुरी र मुसलधारे पानीका कारण अमेरिकाको टेक्सास र लुजीआनामा १० लाख घर विद्युत्‌विहीन भएका छन् ।

खराब मौसमका कारण भवनहरू भत्किनुका साथै ढलेका रुखले बाटो छेकेको छ । हाउस्टनका मेयरका सञ्चार विभाग प्रमुख स्यामुअल पेनाका अनुसार गम्भीर मौसमका कारण कम्तीमा चारजनाको मृत्यु भएको छ । रुख ढल्दा दुईजनाको मृत्यु भएको थियो भने क्रेन दुर्घटनामा दुईजनाको मृत्यु भएको थियो ।