July 22, 2024, Monday
२०८१ श्रावण ७Nepal 1:37:26 pm
Trending
nponlinetv संवाददाता

मनसुनमा जनधनको क्षति घटाउने गरी कार्य गर्न गृहमन्त्री लामिछानेद्वारा निर्देशन

२०८१ जेष्ठ १४, सोमबार २०:४०

150

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना, २०८१ ले निर्देश गरेअनुसार विपद्बाट हुने जनधनको क्षति घटाउने गरी कार्य गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

उहाँले नागरिकले आपत्विपद्मा नै राज्यको सहयोगको अपेक्षा गर्ने भएकाले सोहीअनुसार नीतिगत एवं व्यवस्थापकीय तयारी गरिने पनि बताउनुभयो । आज सिंहदरबारमा भएका विपद्सम्बन्धी छलफलमा उहाँले ‘टास्क फोर्स’ बनाएरै सरकारले विपदमा परेकाको उद्धार, राहत तथा पुनःस्थापनका लागि काम गर्ने जानकारी दिनुभयो ।

प्राधिकरणको नेतृत्वमा तयार भएको कार्ययोजनामाथि भएको उक्त छलफलमा सरोकारवाला तथा सुरक्षा निकायका प्रमुख, विज्ञहरु, सङ्घ संस्थाका प्रतिनिधिहरु, अभियानकर्मीहरुको सहभागिता थियो ।कार्ययोजनामा यसवर्ष हुनसक्ने मनसुन तथा जोखिमको आँकलन, तत्कालै गर्नुपर्ने कार्यहरु, विषयगत क्षेत्रका जिम्मेवारी, विद्यमान साधन स्रोत र संरचनात्मक व्यवस्थालगायत विषय समावेश छन् ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २०८१ वैैशाख ३ गते बसेको २१औँ बैठकले कार्ययोजना तर्जुमा गर्न प्राधिकरणका सहसचिव भरतमणि पाण्डेको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । सो क्रममा नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवर र सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालले सिमित श्रोत साधनका बीच उद्धार कार्यमा प्रहरी कर्मचारी अहोरात्र खटिँदै आएको जानकारी दिनुभयो । रासस