May 15, 2025, Thursday
२०८२ जेष्ठ २Nepal 1:37:26 pm
Trending
nponlinetv संवाददाता

प्रभात बस्याललाई झुठा मुद्धा लगाइएको भन्दै चितवनमा विरोध प्रदर्शन

२०८० जेष्ठ २८, आईतवार १७:५२

540

काठमाडौंः प्रभात बस्याललाई झुठा मुद्धा लगाइएको भन्दै चितवनमा शनिबार विरोध प्रदर्शन भएकाे छ । वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालको जनवर्गीय संगठन जात व्यवस्था उन्मूलन मोर्चा, नेपालले जातकै कारण प्रभात बस्याल माथि झुठा मुद्धा लगाइएको भन्दै चितवनको माडीमा प्रदर्शन कार्यक्रम गरेकाे हाे ।

माडी नगरपालिकाका विभिन्न ठाउँहरुमा नाराबाजी सहित विरोध–र्याली गर्दै बसन्तपुर चोकमा जात व्यवस्था उन्मूलन मोर्चा नेपाल, चितवन जिल्ला सदस्य गोविन्द विश्वकर्माको संयोजकत्वमा कोणसभा कार्यक्रम गरिएको थियो । कोणसभा कार्यक्रममा जात व्यवस्था उन्मुलन मोर्चा, नेपालका अध्यक्ष मण्डलका सदस्य प्रेम गैरे, केन्द्रीय सदस्य लक्ष्मी सुनार, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालका चितवन जिल्ला सचिव रमेश रसाइली, जात व्यवस्था उन्मूलन मोर्चा नेपाल, चितवन अध्यक्ष प्रेम सुनार, माडी नगरपालिकाका संयोजक कमल विश्वकर्मा लगायतले संबोधन गरेका थिए ।

बागलुङका प्रभात बस्याल र ४३४० जाहेरीवाला युवती (नाम परिवर्तित) ले केही समय अघि भारतमा भागेर विवाह गरेका थिए । विवाह गरिदिने भन्दै जाहेरीवाला युवतीका परिवारले नेपाल झिकाएपछि प्रभात बस्याललाई अपहरण, बलात्कार र शरीर बन्धकको मुद्दा दायर गरेका हुन् । अपहरण, बलात्कार र शरीर बन्धकको आरोपमा अनुसन्धानरत प्रभात बस्याल अझै पनि प्रहरी हिरासतमै रहेका छन् ।