July 22, 2024, Monday
२०८१ श्रावण ७Nepal 1:37:26 pm
Trending
nponlinetv संवाददाता

तामाङ समाज यूएईले सांगीतिक कार्यक्रम गर्ने,तयारी अन्तिम चरणमा

२०८० असार १२, मंगलवार १२:२१

250

काठमाडौंः वैदेशिक रोजगारीको क्रममा युएईमा रहेका तामाङहरुको छाता संगठन तामाङ समाज युएईको सांगीतिक कार्यक्रमको तयारी पूरा भएको छ । ‘मेरो संस्कृति मेरो पहिचान, शिक्षाको लागि समाज’ भन्ने मुल नाराको साथ समाजले आयोजना गर्न लागेको सांस्कृतिक कार्यक्रम ‘म्युजिकल प्रोग्राम १, २०२३’ को तयारी पूरा भएको हो ।

युएईको दुई शहरहरु रस अल खैमहको इन्डियन एसोसिएसनमा जुन २९ तारिख ,दिउँसो ३ बजे र दुवईको एभरेस्ट क्लबमा जुलाई २ तारिख, दिउँसो १ बजे विजोड सांस्कृतिक कार्यक्रमको तयारी गरेका छन् । उक्त कार्यक्रमका लागि सांगीतिक प्रस्तुती दिन नेपालबाट चर्चित सेलो गायिका सुमिना लो, गायक प्रदिप लामा र मोडल तथा नायिका नम्रता सापकोटा युएई जाँदैछन् भने युएईमा रहेका  कलाकारहरुले समेत आफ्नो प्रस्तुति दिने तामाङ समाज युएईका महासचिव नवीन दोङले जानकारी गराए ।

विशेषगरी शिक्षाको कारण तामाङ समुदाय सामाजिक, आर्थिक र राजनीतिक हिसाबले पछाडि परेको कुरालाई मध्यनजर गर्दै शिक्षाको क्षेत्रमा केही आर्थिक सहयोग गर्ने उदेश्यले उक्त म्युजिकल कार्यक्रम राखेको महासचिव दोङले बताए । उनले भने  ‘हाम्रो उदेश्य नाचगान मात्रै हैन, शिक्षाको कारण पछाडि परेको तामाङ समुदायले उत्थानको लागि सानो प्रयास पनि हो । कोही तामाङको छोराछारी पैसाको कारण पढ्न नपाएको देख्न नपरोस्, त्यसका लागि हामीले आफ्नो ठाउबाट गरेको सानो कोशिश हो यो सांस्कृतिक कार्यक्रम’ ।

तामाङ समाज युएईले लामो समयदेखि विभिन्न सांस्कृतिक कार्यक्रमहरुको आयोजना गरी आर्थिक अवस्था नाजुकरहेका तामाङ समुदायका बालबालिकाहरुलाई छात्रवृत्ति तथा तामाङ समुदायको बहुल्यता भएको विद्यालयलाई आर्थिक सहयोग गर्दै आइरहेका छन् भने युएईमा अलपत्र नेपालीहरुको उद्धारसमेत गर्दै आइरहेका छन् । यस अघि तामाङ समाज युएईले शिक्षाको लागि समाज कार्यक्रम अन्तर्गत प्रदान गर्दै आएको रकम १११,१११ रुपैयाँलाई बढाएर १५५,५५५ रुपैयाँ दिने निर्णय गरिएको छ भने छात्रवृत्ति स्वरुप दिँदै आएको १५,००० रुपैयाँ रकमलाई २०,००० रुपैयाँ पुर्‍याउने भएको छ । त्यस्तै तामाङ समाजको उत्कृष्ट व्यक्तित्वहरुलाई प्रोत्साहन स्वरूप प्रदान गरिने “Top Talent Encouragment Award” को रकम १५००० रुपैयाँलाई बढाएर २५,००० रुपैयाँ बनाउने निर्णय पनि तामाङ समाज युएईले गरेको छ ।