July 22, 2024, Monday
२०८१ श्रावण ७Nepal 1:37:26 pm
Trending
nponlinetv संवाददाता

जात व्यवस्था उन्मूलन मोर्चाको देशव्यापी विरोध प्रदर्शन [तस्बिरहरु]

२०८० असार २७, बुधबार १९:५४

220

काठमाडौंः वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी,नेपालको जनवर्गीय संगठन जात व्यवस्था उन्मूलन मोर्चा,नेपालले देशव्यापी विरोध प्रदर्शन सम्पन्न गरेको छ । बुधबार मोर्चाले देशका विभिन्न स्थानमा जात व्यवस्थाका कारण श्रृंखलाबद्ध घटनाहरु घटेको भन्दै विरोध प्रदर्शन गरेको हो ।

मोर्चाले काठमाडौं,दाङ,चितवन,जनकपुर,सुनसरी,विराटनगर,हेटौंडा,बुटवल,धनगढी लगायत देशका विभिन्न स्थानमा विरोध प्रदर्शन कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा प्लेकार्ड प्रदर्शन,मन्तव्य,गीत र कविता प्रस्तुत गरिएको थियो भने केही समय नाराबाजीसमेत गरिएको थियो । त्यस्तै गण्डकी,बागमती र कोशी प्रदेशका मुख्यमन्त्री समक्ष एवं केही जिल्लाका प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापनपत्र पनि बुझाइएको थियो ।

गत जेठमा मात्रै दोस्रो राष्ट्रिय भेला सम्पन्न गरेको मोर्चाले हाल जात व्यवस्थाका कारण घटेका विभिन्न किसिमका जातिय विभेदजन्य घटनाहरुको विरोधमा र जात व्यवस्थाविरुद्ध नै विभिन्न आन्दोलनहरु गर्दै आइरहेका छन् ।