July 22, 2024, Monday
२०८१ श्रावण ७Nepal 1:37:26 pm
Trending
nponlinetv संवाददाता

सीटीईभीटीको शुल्क वृद्धि खारेज गरः वैज्ञानिक समाजवादी विद्यार्थी संगठन

२०८० श्रावण १, सोमबार ०९:३२

250

काठमाडौंः वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी,नेपालको जनवर्गीय संगठन वैज्ञानिक समाजवादी विद्यार्थी संगठन,नेपालले सीटीईभीटीको शुल्क वृद्धि तत्काल खारेज गर्न माग गरेको छ । आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै संगठनले वृद्धि गरिएको शुल्क खारेज गर्न माग गरेको हो ।

CTEVT का प्रमुख पदाधिकारीहरु,सरकार र फोरम फर हेल्थ एन्ड टेक्निकल साइन्सका शैक्षिक व्यापारीहरुको साँठगाँठबाट शुल्क वृद्धि गर्ने निर्णय अव्यावहारिक र निन्दनीय भएको ठहर गर्दै संगठनले पुरानै शुल्कमा पठनपाठन गराउन माग गरेको छ । ‘CTEVT का प्रमुख पदाधिकारीहरु ,सरकार र फोरम फर हेल्थ एन्ड टेक्निकल साइन्सका शैक्षिक व्यापारीको साँठगाँठबाट तय गरिएको यो निर्णय निकै नै अव्यावहारिक र निन्दनीय छ ।’ विज्ञप्तिमा थप उल्लेख गरिएको छ । ‘हामी वृद्धि गरिएको शुल्कलाई तत्काल खारेज गर्न र पुरानै शुल्कमा पठनपाठन गराउन सरकार, सीटीईभीटी र निजि शिक्षण संस्थाहरुसँग जोडदार माग गर्दछौं । अन्यथा, हामी थप आन्दोलन गर्न बाध्य हुनेछौं ।’

त्यस्तै उक्त विद्यार्थी संगठनले पुरानै शुल्कमा पठनपाठननगराएमा र विद्यार्थी एवं अभिभावकसंग प्रत्यक्ष रूपमा जोडिएको विषयमा निर्णय गर्दा सम्बन्धित सरोकारवालाहरुलाई सहभागीता नगराएमा आन्दोलनमा उत्रन चेतावनीसमेत दिएका छन् ।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (CTEVT) ले २०८०–०३–३० गते PCL nursing मा ३२%, सामान्य चिकित्सा HA मा २८% र डिप्लोमा इन फार्मेसीमा २६% का दरले शुल्क वृद्धि गर्ने निर्णय गरेको थियो ।

पूरा विज्ञप्तिः