July 22, 2024, Monday
२०८१ श्रावण ७Nepal 1:37:26 pm
Trending
nponlinetv संवाददाता

गोरु काटेको आरोपमा चार जना पक्राउ,माओवादी सरकारको उदासीनता

२०८० श्रावण १, सोमबार २२:१४

105

काठमाडौंः खोटाङबाट गोरु काटेको आरोपमा चार जना पक्राउ परेका छन् । सोमबार खोटाङको ऐँसेलुखर्क गाउँपालिका ४ जलेश्वरस्थित रमितेडाँडाबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको हो।

पक्राउ पर्नेमा ऐँसेलुखर्क जलेश्वरीका ३२ वर्षीय खियामा तामाङ,२८ वर्षीय हेमकुमार तामाङ,२६ वर्षीय दावा तामाङ र २६ वर्षीय मोहन तामाङ रहेका छन् । त्यस्तै २८ वर्षीय बुद्धिमान तामाङ भने फरार रहेको प्रहरीले जनाएको छ ।

गोरु काटेर भाग लगाइरहेको अवस्थामा इलाका प्रहरी कार्यालय ऐँसेलुखर्कबाट खटेको टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रोमन अर्यालले बताए । पक्राउ परेका चारैजनालाई अहिले हिरासतमा राखेर प्रहरीले आवश्यक अनुसन्धान तथा कारबाही प्रकृया अघि बढाइएको छ ।

यसै घटनालाई लिएर आदिवासी जनजाती समुदायका अभियन्ताहरुले भने देशमा गणतन्त्र र धर्म निरपेक्षताको स्थापना भइसक्दा पनि पुरानै कानुनलाई निरन्तरता दिएर अझै पनि गाईगोरु काटेकै कारण पक्राउ गर्नु मानव अधिकारकै हनन भएको भन्दै विरोध जनाएका छन् । जनयुद्धको समयमा गाईगोरुकै मासु खाएर युद्ध लड्ने माओवादी पार्टीकै नेतृत्वमा सरकार हुँदासमेत गोरु काटेको आरोपमा पक्राउ पर्नु दुःखद् रहेको उनीहरुको भनाइ छ । साथै उनीहरुले अझैसम्म पनि राज्यले गाईगोरु काटेका कारण पक्राउ गर्नु न्यायसंगत नभएको भन्दै सडक आन्दोलनमा उत्रने समेत चेतावनी दिएका छन् ।