July 22, 2024, Monday
२०८१ श्रावण ७Nepal 1:37:26 pm
Trending
nponlinetv संवाददाता

जातीय विभेद विरुद्धको खबरदारी सभा सम्पन्न

२०८० श्रावण १९, शुक्रबार २१:३५

90

काठमाडौंः बझाङ,कैलाली,जुम्ला लगायत देशैभरी भइरहेका जातीय विभेद विरुद्धको खबरदारी सभा सम्पन्न भएको छ । शुक्रबार नेपाल बौद्ध अम्बेडकर महासभा,दलित आत्मरक्षा अभियान,मंगोल नेशनल अर्गनाइजेशन. डा. गोपाल गुरुङ,नेपाल दलित मुक्ति अभियान र संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

काठमाडौंको माइतिघर मण्डलामा भएको कार्यक्रममा पूर्व मन्त्री विश्रेन्द्र पासवान,पूर्व राजदुत डा.निर्मल विश्वकर्मा, नेपाल बौद्ध अम्बेडकर महासभाका अध्यक्ष मनोज जैगडी,मंगोल नेशनल अर्गनाइजेशन. डा. गोपाल गुरुङका नेता जीवन मंगोल,अभियन्ता शर्मिला बागचन्द,जनता समाजवादी पार्टीका नेता दलमर्दन कामी लगायतका वक्ताहरु रहेका थिए ।

कार्यक्रममा सम्बोधन गर्दै पूर्व मन्त्री विश्रेन्द पासवानले मुलवासी एकताको अभियान अहिल्यैबाट सुरु गर्नुपर्ने बताएका थिए । डा. निर्मल विश्वकर्माले उत्पीडित समुदायका युवाहरु शिक्षित मात्र नभई राजनीतिक चेतना पनि हुनुपर्ने बताए । मंगोल नेशनल अर्गनाइजेशनका नेता जीवन मंगोलले काठमाडौंमा भाषण गरेर मात्र नहुने भन्दै गाउँ गाउँमा गएर जनता जगाउनुपर्ने धारणा राखे ।

अर्का वक्ता मनोज जैगडीले भने दलित र आदिवासीहरु एकजुट भएर मुक्तिको लागि लड्नुपर्ने बताए । त्यस्तै जसपाका नेता दलमर्दन कामीले नेपालमा विभेदको मूल जरा भनेकै जातीवादी ब्राह्मणवादी वर्ण व्यवस्था भएको ठोकुवा गरेका थिए ।

शुक्रबार दिउँसो १ बजे सुरु भएको कार्यक्रममा विभिन्न संघसंस्था र राजनीतिक दलमा आवद्ध दलित तथा आदिवासी अभियन्ताहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।