काठमाडौं, असोज २५ – चर्चित गायक केहर सिंह लिम्बूको प्रतिक्षित नयाँ गीत ‘झ्यालैमा’ को अफिसियल म्युजिक भिडियो सार्वजनिक भएको छ। ‘केहर एन्ड लुङ्गा’को प्रस्तुति रहेको उक्त भिडियो केन्द्र मोसन पिक्चर्सको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
रोमान्टिक भावनाले भरिएको यस गीतको भिडियोमा केहर सिंह लिम्बूसँगै अभिनेत्री मीना योशिदा गुरुङ देखिएकी छन्। भिडियोलाई सागर लामिछाने मगरले निर्देशन गरेका हुन्।
भिडियोको छायांकन अर्जुन तिवारीले गरेका हुन् भने सम्पादन र रंग संयोजन (कलर ग्रेडिङ) सुप्रिम पराजुलीले गरेका छन्। कोरियोग्राफीको जिम्मेवारी रोशन विश्वकर्माले सम्हालेका छन्।
अडियोतर्फ, केहर सिंह लिम्बू र सुमान्त मांगले संयुक्त रूपमा संगीत दिएका छन्। गीतको एरेन्जमेन्ट Anxmu5 ले गरेका छन् भने सस्र्वोत श्रेष्ठले मिक्सिङ र मास्टरिङको काम गरेका छन्।
गीत र भिडियो दुवैले दर्शक तथा स्रोताको मन जित्न सफल भएको प्रतिक्रिया आएको छ।