अन्तरिम सरकारको ठूलो निर्णय: तीन प्रमुख दस्तावेज सार्वजनिक

काठमाडौं । अन्तरिम नागरिक सरकारले तीन महत्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा बसेको बैठकले भदौ २३ र २४ गतेका घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन, नेपाल बाल संगठन तथा बालमन्दिरसम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन र मन्त्रिपरिषद् कार्यालयले तयार पारेको सुशासन मार्गचित्र सार्वजनिक गर्ने निर्णय गरेको हो।प्रधानमन्त्रीका प्रेस सल्लाहकार राम रावलका अनुसार जेनजी […]

Continue Reading

सामाजिक सञ्जालको दुरुपयोग विरुद्ध सचेतनामूलक नाटक मञ्चन

काठमाडौं । पछिल्लो समय डिजिटल प्लेटफर्म र सामाजिक सञ्जालको गलत प्रयोगका कारण पारिवारिक सम्बन्धमा आउने दरार र व्यक्तिगत सुरक्षामा उत्पन्न हुने जोखिमबारे जनचेतना फैलाउने उद्देश्यका साथ राजधानीमा एक विशेष नाटक मञ्चन गरिएको छ। नेपाल मातृ गृह र नेपाल नाट्यशालाको संयुक्त प्रस्तुतिमा मञ्चन गरिएको उक्त नाटकले अनलाइनमा चिनजान भएका अपरिचित व्यक्तिहरूसँग सतर्क रहन र आफ्नो व्यक्तिगत […]

Continue Reading

डिजिटल अध्ययन केन्द्रका रूपमा विकसित हुने लक्ष्यसहित सङ्ग्रहालय शुभारम्भ

काठमाडौं।चलचित्र विकास बोर्ड ले नेपाली चलचित्रको इतिहास, कला र प्रविधिको दीर्घकालीन संरक्षण गर्ने उद्देश्यसहित ‘नेपाली चलचित्र सङ्ग्रहालय’ को औपचारिक शुभारम्भ गरेको छ। नेपाली चलचित्र उद्योगका लागि ऐतिहासिक मानिएको यो पहल मंगलबार बोर्डको प्रेक्षालयमा आयोजित विशेष समारोहबीच सार्वजनिक गरिएको हो। उद्घाटन कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेत ले सङ्ग्रहालयको उद्घाटन गरिन्। कार्यक्रममा चलचित्रकर्मी, […]

Continue Reading

काठमाडौँमा खटाइने निर्वाचन प्रहरीमध्ये ६ जना स्नातकोत्तर उत्तीर्ण

काठमाडौँ। काठमाडौँ जिल्लामा निर्वाचन सुरक्षामा खटाइने प्रहरीमध्ये ६ जनाले स्नातकोत्तर तह उत्तीर्ण गरेको तथ्य सार्वजनिक भएको छ। नेपाल प्रहरीका अनुसार काठमाडौँमा छनोट गरिएका कुल ४ हजार ८ सय ७३ जना निर्वाचन प्रहरीमध्ये ६ जना स्नातकोत्तर डिग्रीधारी रहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार काठमाडौँमा कार्यरत निर्वाचन प्रहरीमध्ये ३५ जनाले स्नातक तह उत्तीर्ण गरेका छन्। निर्वाचन […]

Continue Reading

घरेलु मदिरा नियन्त्रण अभियानअन्तर्गत काठमाडौंमा ठूलो परिमाणमा मदिरा नष्ट

काठमाडौं। काठमाडौंका विभिन्न स्थानबाट संकलन गरिएको २ हजार ४ सय ९५ लिटर घरेलु मदिरा नेपाल प्रहरीले नष्ट गरेको छ। माघ १३ गते प्रहरीको आधिकारिक सूचना विभाग मार्फत उक्त कार्यको भिडियो सार्वजनिक गरिएको हो। प्रहरीका अनुसार अवैध रूपमा उत्पादन तथा बिक्री वितरण हुँदै आएको घरेलु मदिरा नियन्त्रण अभियानअन्तर्गत सो परिमाणको मदिरा बरामद गरी नष्ट गरिएको हो। […]

Continue Reading

डोटीबाट पदमराज जोशी नेपाली कांग्रेसको उम्मेदवारमा सिफरिस

काठमाडौँ। डोटी जिल्लाको बडिकेदार गाउँपालिका–१ बी.पी.नगर निवासी पदमराज जोशी सामाजिक सेवा, शिक्षा र लोकतान्त्रिक राजनीतिमा निरन्तर सक्रिय रहँदै आएका एक परिचित व्यक्तित्व हुन्। नेपाली कांग्रेसका क्रियाशील नेता जोशीलाई जिल्लामा इमानदार, निष्ठावान र विकासप्रेमी नेताका रूपमा हेरिने गरिएको छ। पार्टीको टिकट वितरण गर्दा नातावाद कृपावाद पक्षपात हैन इमान्दार मानिसको कदर गरी वितरण हुनुपर्छ चुनावमा पार्टीको टिकट […]

Continue Reading

एमाले निर्वाचन: दिउँसो २:३० बजेसम्म ५५५ मत परे

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशनअन्तर्गतको निर्वाचनमा ५५५ मत परेको छ। राजधानीको भृकुटीमण्डपमा जारी निर्वाचनमा कुल ५५५ मत खसेको हो।निर्वाचनमा दिउँसो २ः३० बजेसम्म एक चौथाई मत खसेको जानकारी एमाले नेता कुसान लामाले दिए। एमालेको नयाँ नेतृत्व चयनका लागि भइरहेको निर्वाचनमा २२६३ जना मतदाता छन्। भित्र मतदान भइरहेको बीचमा, बाहिर नयाँ नेतृत्वका लागि नेता […]

Continue Reading

“एसियाली विकास बैंकबाट नेपाललाई १० करोड अमेरिकी डलरको सहुलियतपूर्ण ऋण”

काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले नेपाललाई १० करोड अमेरिकी डलर, अर्थात् करिब १४ अर्ब ५९ करोड ५० लाख रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ। सार्वजनिक वित्त व्यवस्थापन प्रणालीलाई थप सुदृढ बनाउने उद्देश्यसहित प्रदान गरिने उक्त ऋण सहयोगसम्बन्धी सम्झौता आज औपचारिक रूपमा सम्पन्न भएको हो।अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा उक्त ऋण सम्झौतामा हस्ताक्षर […]

Continue Reading

व्यवसायी सुरक्षा र लगानीको वातावरण: ढकालले आन्दोलनका गलत तत्वहरूको कारबाहीको आवश्यकता औंल्याए

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले भनेका छन् कि जेन-जी आन्दोलन प्रारम्भमा असल उद्देश्यका साथ भएको भएपनि यसमा गलत तत्वहरूको घुसपैठ भएको छ। राष्ट्रिय कर दिवसको अवसरमा आयोजित कार्यक्रममा ढकालले भने कि आन्दोलनले सुशासन, पारदर्शिता र भ्रष्टाचारविरुद्धको लक्ष्य राखेको थियो, जुन उद्योग वाणिज्य महासंघको साधारण सभामा पनि पास गरिएको थियो। तर, यस आन्दोलनमा […]

Continue Reading