झापामा लाखौँका सुनका गरगहना र नगद चोरी प्रकरणमा १९ वर्षीय युवक पक्राउ

झापाको दमकमा घरभित्र प्रवेश गरी सुनका गरगहना र नगद चोरी गरेको आरोपमा १९ वर्षीय दीपक राई पक्राउ परेका छन्। प्रहरीले सीसीटीभी फुटेजका आधारमा उनलाई पक्राउ गरेको हो। प्रहरीले राईको साथबाट नगद ७९ हजार रुपैयाँ, चाँदीको पाउजु तथा सुनका विभिन्न गरगहना बरामद गरेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Continue Reading

अर्घाखाँचीमा श्रमिकमाथि कुटपिट, १३ जना घाइते; वडाध्यक्ष पक्राउ

अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–८, लात्तेबाँजमा कामका लागि पुगेका श्रमिक र स्थानीयबीच भएको विवादपछि कुटपिट हुँदा १३ जना घाइते भएका छन्। भदौ २३ गते राति भएको घटनामा पाल्पाबाट काठको काम गर्न पुगेका श्रमिकसहित स्थानीय घाइते भएका हुन्। घाइतेमध्ये केहीलाई लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा उपचारका लागि पठाइएको थियो। घटनाबारे प्रहरीमा जाहेरी ढिलो परेको विषय संघीय संसद्मा समेत उठाइएको […]

Continue Reading

एम्बुलेन्समा गाँजा तस्करी

धनुषाको नगराइन नगरपालिका–३, देवडिहास्थित ‘माँ सहयोगी संस्था’को नाममा सञ्चालित ज १ च १२१३ नम्बरको एम्बुलेन्स सिरहाको चोहर्वाबाट गाँजासहित पक्राउ परेको छ । धनुषाको एम्बुलेन्स सिरहाको कर्जन्हा–११ का सिकेन कुमार मण्डलले चलाउँदै आएको बताइएको छ । एम्बुलेन्स बिक्री तथा भाडामा दिने विषयमा प्रश्न उठिरहेका बेला बिरामी बोक्नुपर्ने एम्बुलेन्सबाटै गाँजा बरामद भएपछि घटना थप चर्चामा आएको छ […]

Continue Reading

धरौटीमा छुट्न आदेश भएका किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ फेरि प क्राउ

नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङलाई काठमाडौं जिल्ला अदालतले ५ लाख २५ हजार रुपैयाँ बिगो भएको बैंकिङ कसुर मुद्दामा ४० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।तर, अन्य बैंकिङ कसुरका मुद्दामा बयान तथा अनुसन्धान बाँकी रहेको भन्दै प्रहरीले उनलाई अदालतको आदेशपछि पुनः पक्राउ गरेको छ। प्रहरीका अनुसार तामाङविरुद्ध थप ९ वटा बैंकिङ कसुरका मुद्दा […]

Continue Reading

म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाती पक्राउ

म्याग्दी — बेनी नगरपालिका–२, खबरा निवासी ७२ वर्षीया मनकुमारी घिमिरेको धारिलो हतियार प्रहार गरी हत्या भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले उनका छोरीका छोरा २६ वर्षीय आशिष बरुवाललाई पक्राउ गरेको छ। प्रहरीका अनुसार भदौ २२ गते बिहान करिब ११:३० बजे बरुवालले मनकुमारीमाथि धारिलो हतियार प्रहार गरी फरार भएका थिए। घटनाको जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी […]

Continue Reading

एसएसपी लालबाबु गिरी नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी सेवामा प्रवेश गरेको भ्रष्टाचार मुद्दामा दोषी ठहर

नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) लालबाबु गिरी नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी सेवामा प्रवेश गरेको भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। विशेष अदालतले बिहीबार गिरीलाई दोषी ठहर गर्दै ५ हजार रुपैयाँ जरिवाना सुनाएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार गिरीले सन् १९८८ मा भारतको बिहार स्कुल एक्जामिनेसन बोर्ड, पटनाबाट एसएलसी उत्तीर्ण गरेको भन्दै प्रमाणपत्र पेस गरेका थिए। अनुसन्धानका क्रममा […]

Continue Reading

कुटपिटबाट घाइते दैलेखका युवाको उपचारका क्रममा मृत्यु

सुर्खेत । जाजरकोटमा कुटपिटबाट गम्भीर घाइते भएका दैलेखका ३२ वर्षीय औषधि व्यवसायी दिपककुमार थापाको उपचारका क्रममा मृत्यु भएको छ। भेरी नगरपालिका–१०, नुवागाउँमा साउन २५ गते राति कुटपिटबाट घाइते भएका थापाको नेपालगन्जस्थित केयर सिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दैलेखको नारायण नगरपालिका–२ का थापा भेरी नगरपालिका–११, जगतिपुरमा औषधि पसल सञ्चालन गर्दै आएका थिए। […]

Continue Reading

उखुबारीमा झुण्डिएको अवस्थामा भेटिएकी शिक्षिकाको मृत्युमा हत्या आशंका, अनुसन्धान गहिरिँदै

धनगढी । कञ्चनपुरको बेलौरी नगरपालिका–८ मा उखुबारीमा झुण्डिएको अवस्थामा भेटिएकी शिक्षिका पशुपती बम जोशीको मृत्यु प्रकरण रहस्यमय बनेको छ। मृतकका माइती पक्षले पशुपतीले आत्महत्या गरेको नभई हत्या भएको हुन सक्ने आशंका गर्दै निष्पक्ष र गहिरो अनुसन्धानको माग गरेका छन्। उनीहरूले श्रीमान्, सासु र ससुराको भूमिकामाथि समेत प्रश्न उठाउँदै इलाका प्रहरी कार्यालय बेलौरीमा निवेदन दिएका छन्। धनगढी […]

Continue Reading

हुम्लामा ५२ लाख रुपैयाँ बराबरको अवैध मदिरा बरामद

प्रहरीले नाम्खा गाउँपालिका–२ नावलथाङबाट करिब ५२ लाख रुपैयाँ बराबरको अवैध चिनियाँ मदिरा र बडवाइजर बियर बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार ५९४ कार्टुनमा ७ हजार १२८ बोतल चिनियाँ मदिरा र १९४ कार्टुनमा ४ हजार ६५६ बोतल बडवाइजर बरामद गरिएको हो। यसको अनुमानित मूल्य ५१ लाख ९३ हजार ६ सय रुपैयाँ रहेको प्रहरीले जनाएको […]

Continue Reading

दुःखद खबर: बिर्तामोडमा महिलाको शव रुखमा झुण्डिएको अवस्थामा फेला

झापा | साउन १९ झापाको बिर्तामोड नगरपालिका–१०, पश्चिम विराटपोखर क्षेत्रमा एक महिलाको शव रुखमा झुण्डिएको अवस्थामा फेला परेको छ। सोमबार (साउन १९) बिहान स्थानीयले कदमको रुखमा शव झुण्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना प्राप्त हुनासाथ प्रहरी घटनास्थल पुगेको र आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ। मृतकको पहिचान तथा घटनाको वास्तविक कारण खुल्न बाँकी रहेको […]

Continue Reading