एजेन्सी | काठमाडौं
अमेरिका र इरानबीचको तनाव फेरि बढेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ता हुने दाबी गरेका छन्। तर इरानले भने अमेरिकासँग कुनै प्रत्यक्ष वार्ता तय नभएको स्पष्ट पारेको छ।
ट्रम्पले होर्मुज जलडमरूमध्य खुलाउने र इरानको आणविक कार्यक्रमबारे सहमति खोज्न कूटनीतिक प्रयास भइरहेको बताएका छन्। तर इरानले अमेरिकासँग प्रत्यक्ष वार्ता नभई ओमानमार्फत समुद्री सुरक्षासम्बन्धी सीमित छलफल मात्र भइरहेको जनाएको छ।
यसबीच, होर्मुज जलडमरूमध्य नजिक एक मालवाहक जहाजमा भएको आक्रमणले क्षेत्रीय सुरक्षा चिन्ता थप बढाएको छ। विश्वको प्रमुख तेल आपूर्ति मार्ग मानिने यस क्षेत्रमा बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय बजार पनि प्रभावित हुन सक्ने अनुमान गरिएको छ।
यद्यपि वार्ताको सम्भावनाले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा सामान्य गिरावट आएको विदेशी सञ्चारमाध्यमहरूले जनाएका छन्।