महोत्तरीको गौशाला नगरपालिका–९ डुमरवानास्थित भित्री सडकमा मंगलबार बिहान करिब ७:३० बजे मोर्डन सारदा शिक्षा मदन बोर्डिङ स्कुलको बा १ क ६१२९ नम्बरको बस अनियन्त्रित भएर दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन्।
इमली बजारबाट गौशालातर्फ जाँदै गरेको बस दुर्घटनामा चालक विजय भुजेलसहित ६ जना घाइते भएका हुन्। घाइतेमध्ये एक जनाको अवस्था मध्यम र पाँच जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
घाइतेहरूको उपचार बिके अस्पताल गौशाला तथा स्थानीय मेडिकलमा भइरहेको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।