काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट बर्खास्त गरेको छ।
आचरणविपरीत तथा अनुशासनहीन कार्य गरेको ठहर गर्दै मन्त्रालयले उनलाई विभागीय कारबाहीस्वरूप सेवाबाट हटाउने निर्णय गरेको हो।
गृह मन्त्रालयका अनुसार दाहालले आचरणसम्बन्धी नियमहरूको निरन्तर उल्लंघन गर्नुका साथै अनुशासनहीन गतिविधिमा संलग्न रहेको र नेपाल सरकार तथा संगठनको मान, प्रतिष्ठा र छविमा आँच पुर्याउने कार्य गरेको उल्लेख छ।
मन्त्रालयले २०८३ असोज २३ गतेदेखि लागू हुने गरी उनलाई सेवाबाट हटाएको जनाएको छ।