ट्रम्प प्रशासनद्वारा महत्वपूर्ण खनिजमा ३ अर्ब डलर लगानी घोषणा

विश्व

अमेरिकी राष्ट्रपति Donald Trumpको प्रशासनले महत्वपूर्ण खनिज तथा ब्याट्री परियोजनामा करिब ३ अर्ब डलर लगानी गर्ने घोषणा गरेको छ।

अमेरिकाको घरेलु उत्पादन बढाउँदै चीनलगायत विदेशी स्रोतमा निर्भरता घटाउने उद्देश्यले यो लगानी अघि बढाइएको हो। घोषणामा ब्याट्री सामग्रीसँगै तामा, ग्रेफाइट, बोरोन तथा अन्य रणनीतिक खनिज उत्पादन र प्रशोधन परियोजनालाई प्राथमिकता दिइएको छ।

यसअन्तर्गत अमेरिकी रक्षा मन्त्रालयको Office of Strategic Capital ले केही ठूला परियोजनाका लागि सशर्त ऋण स्वीकृत गरेको छ। यस्तै, अमेरिकी Export-Import Bank ले थप महत्वपूर्ण खनिज परियोजनाका लागि ५८ मिलियन डलर वित्तीय सहयोग गर्ने जनाएको छ।

ट्रम्प प्रशासनले महत्वपूर्ण खनिजलाई राष्ट्रिय सुरक्षा, रक्षा उद्योग र औद्योगिक आपूर्तिका लागि रणनीतिक स्रोत**का रूपमा अघि बढाउँदै घरेलु खानी तथा प्रशोधन क्षमता विस्तारमा जोड दिएको छ। #Trump

USAToday

nponlinetv