काम नगर्ने ठेकेदारलाई जेलमै राख्नुस्!’ नारायणी सिग्नेचर पुलको काम ३ प्रतिशत मात्रै, मन्त्री लम्सालको कडा चेतावनी

राजनीति


चितवन — नारायणी नदीमाथि निर्माणाधीन सिग्नेचर पुलको काममा अत्यन्तै ढिलाइ भएपछि यातायात तथा भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले ठेकेदारप्रति कडा असन्तुष्टि जनाएका छन्। उनले काम नगर्ने ठेकेदारलाई जेलमै राख्नुपर्ने भन्दै चितवनका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन्।
शनिबार पुल निर्माणस्थलको अनुगमनका क्रममा मन्त्री लम्सालले निर्धारित समयअनुसार काम अघि नबढे ठेक्का सम्झौता नै तोड्ने चेतावनी दिएका हुन्।
अनुगमनका क्रममा पुलको भौतिक प्रगति करिब ३ प्रतिशत मात्रै रहेको जानकारी पाएपछि मन्त्री लम्साल आक्रोशित भएका थिए। उनले सम्बन्धित निर्माण कम्पनीले देशभर लिएका अन्य आयोजनाहरूको प्रगति विवरणसमेत तयार गर्न निर्देशन दिएका छन्।
सीडीओ साब, यो कन्ट्र्याक्टरले जबसम्म राम्रोसँग काम गर्दैन नि, तबसम्म त्यसलाई जेलमै राखौँ क्या। यस्तो फटाहाहरूलाई छोडेर हुन्छ?’भन्दै मन्त्री लम्सालले कडा प्रतिक्रिया दिएका थिए।
उनले अर्को पटक अनुगमनमा आउँदा पुलको काम निर्धारित तालिकाअनुसार अघि बढेको हुनुपर्ने वा ठेक्का सम्झौता तोडिएको हुनुपर्ने चेतावनीसमेत दिएका छन्। #NPONLINETV #नारायणीपुल #SunilLamsal #नेपाल #developmentland