दशैं–तिहारकै बीचमा गुञ्जिनेछ एनपीएलको रोमाञ्च!

खेलकुद

नेपाल प्रिमियर लिगको तेस्रो संस्करण कात्तिक ९ देखि

काठमाडौं । नेपाली क्रिकेटप्रेमीका लागि खुसीको खबर आएको छ। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण कात्तिक ९ गतेदेखि सुरु हुने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले सार्वजनिक गरेको मितिअनुसार प्रतियोगिता कात्तिक ९ देखि मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ।

यसपटकको एनपीएल नेपालीहरूको प्रमुख चाड दशैं र तिहारको बीचमा आयोजना हुँदैछ। यसअघि तिहारपछि मंसिरमा हुँदै आएको प्रतियोगिता पहिलोपटक चाडपर्वको माहोलमै आयोजना हुन लागेको हो।

दशैं–तिहारको बिदाका कारण यसपटक एनपीएलमा दर्शकको उत्साह र मैदानको माहोल झनै रोमाञ्चक हुने अपेक्षा गरिएको छ।