गोरखा — बूढीगण्डकी नदीमा आइतबार बिहान आएको बाढीले ठूलो क्षति पुर्याएको छ। बाढीका कारण कम्तीमा १० जना सम्पर्कविहीन भएका छन् भने दुईवटा मोटरेबल पुल र चारवटा झोलुङ्गे पुल गरी ६ वटा पुल बगाएको छ।
बाढीले चुमनुब्री गाउँपालिका–३ स्थित पैयुँ र बगरका करिब ३५ घरसमेत बगाएको छ। जगत्, सल्लेरी, दोभान र घट्टेखोला क्षेत्रमा पनि क्षति पुगेको जनाइएको छ। सम्पर्कविहीन व्यक्तिहरूको सकुशल उद्धार होस्। बाढी प्रभावित सबैलाई सुरक्षित रहन आग्रह गरिन्छ।