कुटपिटबाट घाइते दैलेखका युवाको उपचारका क्रममा मृत्यु

अपराध

सुर्खेत । जाजरकोटमा कुटपिटबाट गम्भीर घाइते भएका दैलेखका ३२ वर्षीय औषधि व्यवसायी दिपककुमार थापाको उपचारका क्रममा मृत्यु भएको छ।

भेरी नगरपालिका–१०, नुवागाउँमा साउन २५ गते राति कुटपिटबाट घाइते भएका थापाको नेपालगन्जस्थित केयर सिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दैलेखको नारायण नगरपालिका–२ का थापा भेरी नगरपालिका–११, जगतिपुरमा औषधि पसल सञ्चालन गर्दै आएका थिए। प्रहरीका अनुसार वीरेन्द्र खत्रीसहितको समूहले कुटपिट गरेपछि उनी गम्भीर घाइते भएका थिए।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरेन्द्र खत्री, निरज रोकाय, शिशिर योगी गोसाई, लक्ष्मण रोकाय र बिनोद गोसाई छन्।

उनीहरूमाथि कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।