झापाको दमकमा घरभित्र प्रवेश गरी सुनका गरगहना र नगद चोरी गरेको आरोपमा १९ वर्षीय दीपक राई पक्राउ परेका छन्। प्रहरीले सीसीटीभी फुटेजका आधारमा उनलाई पक्राउ गरेको हो।
प्रहरीले राईको साथबाट नगद ७९ हजार रुपैयाँ, चाँदीको पाउजु तथा सुनका विभिन्न गरगहना बरामद गरेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।