पत्रकारलाई ओलीको आग्रह : प्रश्न सोध्नुअघि अनुमति लिनुपर्छ

राजनीति


पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पत्रकारहरूले प्रश्न सोध्नुअघि सम्बन्धित व्यक्तिसँग अनुमति लिनुपर्ने बताएका छन्।
आइतबार एमाले केन्द्रीय कार्यालय च्यासलमा आयोजित बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले प्रकाशित गर्नुअघि पनि सम्बन्धित व्यक्तिलाई जानकारी गराउनुपर्ने बताएका हुन्।
उनले पत्रकारिताको मर्यादा र अन्तर्राष्ट्रिय अभ्यासलाई ध्यान दिन पत्रकारहरूलाई आग्रह गरे।